
काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ का लागि सङ्घीय बजेट अनुमोदन गर्नुभएको छ ।
उहाँले सन् २०२६ देखि २०२७ सम्मका लागि तय गरिएको बजेट योजना पनि स्वीकृत गर्नुभएको छ । सन् २०२५ मा रूसको राजस्व करिब ३७८.५ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने खर्च ४१ ३९० अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ, जसबाट देशको कूल गार्हस्थ्य उत्पादनको ०.५ प्रतिशत घाटा हुनेछ ।
रुसको कुल गार्हस्थ्य उत्पादन सन् २०२५ मा २.०२ ट्रिलियन डलर, २०२६ मा २.१७ ट्रिलियन डलर र २०२७ मा २.३३ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । सन् २०२५ मा मुद्रास्फीति ४.५ प्रतिशत र त्यसपछिका वर्षमा चार प्रतिशतभन्दा तल रहने अनुमान गरिएको छ ।
बजेटमा उल्लिखित प्रमुख प्राथमिकतामा सामाजिक दायित्व पूरा गर्ने, राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सुनिश्चित गर्ने, प्राविधिक सम्प्रभुतालाई अगाडि बढाउने र पूर्वाधार विकास गर्ने सामाजिक नीतिको लागि कूल १९७.३ अर्ब डलर, रक्षा र कानून प्रवर्तनको लागि १३१.५ अर्ब डलर र अर्को तीन वर्षमा राष्ट्रिय आर्थिक विकासको लागि १३१.५ अर्ब छुट्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति