
काठमाडौँ । सिरियाको दोस्रो शहर अलेप्पो राष्ट्रपति बसर अल असदको सरकारको नियन्त्रणमा नरहेको बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार जनाएको छ ।
‘हयात तहरीर अल–शाम र सहयोगी विद्रोही समूहहरूले कुर्दिश सेनाद्वारा नियन्त्रित छिमेक बाहेक ‘अलेप्पो शहरलाई नियन्त्रण गरेका छन्’ युद्ध अनुगमनकारी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जारी एक विज्ञप्तिमा भनिएको छ । ‘सन् २०११ मा द्वन्द्व शुरु भएयता पहिलो पटक अलेप्पो सहर सिरियाली सरकारी सेनाको नियन्त्रणबाहिर पुगेको हो’ संस्थाका प्रमुख रामी अब्देल रहमानले एएफपीसँग बताउनुभयो ।
सिरियाली सेनाले विद्रोही अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएको र अन्य घाइते भएको’ बताएको छ । दुई महिना लामो युद्धपछि इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच छिमेकी लेबनानमा युद्धविराम लागू भएकै दिन बुधबारदेखि लडाकूले इरानी र रूसी समर्थित सिरियाली सरकारका सेनाविरुद्ध व्यापक आक्रमण शुरू गरेका थिए । सिरियाली सेनाले ‘सशस्त्र आतङ्कवादी सङ्गठन’ले ‘अलेप्पो र इदलिब मोर्चामा विभिन्न कोणबाट व्यापक आक्रमण’ गरेको र ‘१०० किलोमिटर (६० माइल) भन्दा बढी दूरीमा भीषण युद्ध भएको’ पुष्टि गरेको छ ।
केही दिनयता भएको झडपमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ३११ पुगेको छ जसमा एचटीएस र सम्बद्ध समूहका १८३ एचटिएस लडाकू र १०० सरकार समर्थित सेनाका साथै २८ सर्वसाधारण रहेका छन् ।
सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदको सेनाले प्रजातन्त्र पक्षधर प्रदर्शनमा कडाइ गरेपछि गृहयुद्ध शुरु भएको थियो । त्यसयता सिरियामा पाँच लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ, लाखौँ मानिस विस्थापित भएका छन् र देशको पूर्वाधार र उद्योगधन्दामा व्यापक क्षति पुगेको छ । पछिल्ला वर्षमा यो द्वन्द्व जिहादी र असदका सहयोगी रूस, इरान र हिजबुल्लाह लगायत विदेशी शक्तिहरूबीच जटिल युद्धमा परिणत भएको छ।
सेनाले युद्धमा गुमेको अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरे पनि जिहादी र उनीहरूका सहयोगी रहेको क्षेत्रमा सन् २०२० देखि युद्धविराम शुरू भएको थियो । सिरियासँगको छिमेकी र असद विरोधी विद्रोहलाई समर्थन गर्ने टर्की समर्थित जिहादी र अन्य समूहले यसै साता सरकारी सेनाविरुद्ध ठूलो आक्रमण शुरु गरेका थिए । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै