
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीमा रोकिराखेको टिपरमा ठक्कर खाएर गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–१४ मुरलीबगैँचा घर भई काठमाडौँको काँडाघारी हात्तीडाँडा बस्ने ४५ वर्षीय सञ्जय सिंह रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘जडीबुटीस्थित सडकमा रोकी राखेको बा ४ख ६१८२ नम्बरको टिपरमा प्र ३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा शनिबार राति उनी मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।’ दुर्घटनामा गम्भीर घाइते भएका उहाँको राष्ट्रिय ट्रमासेन्टर महाकालमा उपचारका क्रममा मृत्यु भएको हो ।
हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति