
म्याग्दी । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा रहेको पर्यटकीयस्थल टोड्के पुग्ने सडक स्तरोन्नति प्रारम्भ भएको छ ।
हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकनका लागि नयाँ गन्तव्यका रूपमा विकास भएको टोड्के भ्रमणमा जाने पर्यटकका साथै स्थानीयवासीको सहजताका लागि रघुगङ्गा गाउँपालिका–५ झिँबाट सडक स्तरोन्नति प्रारम्भ गरिएको हो ।
रघुगङ्था गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले चालु आर्थिक वर्षका लागि गाउँपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँ बाट सडक फराकिलो पार्ने, पानीको निकासका लागि नाला निर्माणका साथै ८० मिटर ढलान गरिने बताउनुभयो ।
‘झिँ–टोड्के छ किलोमिटर सडकमध्ये यस वर्षको बजेटबाट अप्ठ्यारो र साँघुरो ठाउँलाई सहज बनाउन उपभोक्ता समितिबाट मजदुर र डोजर परिचालन गरेर काम थालिएको छ’ उहाँले भन्नुभयो ।
सङ्घीय सहरी विकास मन्त्रालयबाट विनियोजित १ करोड ५० लाख रुपैयाँबाट मङ्गला गाउँपालिकाको कुहुँ–भिरकटेरा–टोड्के र टोड्के–झिँ खण्डमा पनि स्तरोन्नति गर्न बोलपत्र आह्वान भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति