+

कीर्तिपुरका २० स्थानमा शान्तिपूर्ण मतदान जारी

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र २ वडाध्यक्षका लागि शान्तिपूर्ण रुपमा  मतदान जारी छ ।

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नम्बर १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा  नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा  वडा नम्बर १ मा ९ र वडा नम्बर ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष  हीरालाल महर्जन र वडा नम्बर ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट