
काठमाडौँ । कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसँगै मानव तस्करी तथा लिखत सम्बन्धी आरोप लागेका ३ जनालाई अदालतले थुनामा पठाउने आदेश दिएको छ ।
पूर्वमन्त्री अधिकारीसँगै मानव तस्करी आरोप लागेका महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवारलाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो । त्यही प्रकरणमा मुछिएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटा भने जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । नवीन राई र बुद्धि राई साधारण तारेखमा छुटेका छन् ।
उनीहरूमाथि मानव तस्करी तथा लिखत सम्बन्धी कसुर गरेको आरोप लागेको थियो । यही प्रकरणमा पूर्वमन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो ।पूर्वमन्त्री अधिकारीमाथि भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ । सरकारी वकिलको कार्यालयको यस्तो चौतर्फी आलोचना भएको भइरहेको छ ।
पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचल्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार रिट दर्ता भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति