
काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रीहरुले सम्पति विवरण सार्वजनिक गरेका छन् । सम्पति विवरणमा मन्त्रीहरुले ऋण तथा गाई र बाख्रा समेत देखाएका छन् । सरकारी नियुक्ति तथा सार्वजनिक पदमा बसेकाहरुले २ महिनाभित्र आफ्नो सम्पति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री र मन्त्रीहरुले त्यही प्रावधान अनुसार बिहीबार आफ्ना सम्पति विवरण सार्वजनिक गरेका हुन् ।
कोशी प्रदेश सरकारको नेतृत्व गरिरहनुभएका केदार कार्कीले मुख्यमन्त्री भएपछि आफ्नो जग्गा घटेको विवरण देखाउनुभएको छ । नेपाली कांग्रेसको विद्रोही समूहबाट गएको असोज २७ गते मुख्यमन्त्री बन्नुभएका कार्कीले यसअघि मन्त्री हुँदा सम्पति विवरणमा आफ्नो १० ठाउँमा जग्गा रहेको देखाउनुभएको थियो । मुख्यमन्त्री कार्कीले बिहीबार सम्पति विवरण सार्वजनिक गर्दै अहिले भने ७ ठाउँमा मात्रै जग्गा रहेको उल्लेख गर्नुभएको छ । सम्पति विवतरणमा मुख्यमन्त्री कार्की १ करोड ८ लाख रुपैयाँ ऋण देखाउनुभएको छ । यद्यपि उहाँले विवरणमा ५२ वटा बैंक तथा वित्तीय संस्था र कम्पनीमा शेयर रहेको समेत विवरणमा उल्लेख गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रबाट वन, पर्यटन तथा वातावरणमन्त्री हुनुभएका गणेश उप्रेतीले आफ्नो नाममा २ वटा घडेरी रहेको विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्री उप्रेतीले १० तोला सुन र २० तोला चाँदी रहेको खुलाउनु भएको छ । परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद बैंकमा बचत रहेको र ३९ लाख ५० हजार रुपैयाँ ऋण रहेको मन्त्री उप्रेतीले सम्पति विवरणमा उल्लेख गर्नुभएको छ । मन्त्री उप्रेतीले सम्पति विवरणमा आफूले सामूहिक रुपमा कृषि फारम तथा गाई फारम सञ्चालन गरेको विवरण समेत पेश गर्नुभएको छ
नेकपा एकीकृत समावादीबाट भौतिक पूर्वाधार विकासमन्त्री बन्नुभएका कमलप्रसाद जबेगुले पाँचथरको फालेलुङ-१, फालेलुङ-२ र झापाको मेचीनगर नगरपालिका-५ मा ६ कित्ता जग्गा रहेको सम्पति विवरणमा उल्लेख गर्नुभएको छ । पाँचथरको प्रदेश क बाट सांसद बन्नुभएका मन्त्री जबेगुसँग ११ तोला सुन, १५ तोला चाँदी, १ लाख रुपैयाँ बैंक मौज्दात छ । मन्त्री जबेगुले अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता शेयर रहेको सम्पति विवरणमा उल्लेख गर्नुभएको छ । मन्त्री जबेगुले एउटा दुहुना गाई, १ हल गोरु र एउटा खसी समेत रहेको विवरणमा देखाउनुभएको छ ।
नेपाली कांग्रेसको विद्रोही समूहबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सम्पत्ति विवरणमा इलामको रोङ गाउँपालिका वडा नम्बर ४ र ६ का ५ ठाउँमा जग्गा रहेको विवरण पेश गर्नुभएको छ । मन्त्रीले राईले आफ्नो १० तोला सुन र ६२ हजार बैंक मौज्दात रहेको उल्लेख गर्नुभएको छ ।
मन्त्री राईले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा परिवारको सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँ बराबरको शेयर रहेको विवरण देखाउनुभएको छ । मन्त्रीले राईले सम्पति विवरणमा आफूले यावा अलैंची खेती तथा नर्सरी र यावा बाख्रा फर्म पनि सञ्चालन गरिरहेको समेत उल्लेख गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति