
काठमाडौँ । रूसी रक्षामन्त्री उत्तर कोरिया पुग्नुभएको छ । रूसी रक्षा मन्त्री आन्द्रेई बेलोसोभ उत्तर कोरियाको भ्रमणका क्रममा शुक्रबार प्योङयाङ पुग्नु भएको रूसी समाचार निकायले जनाएका छन् ।
प्योङयाङको भ्रमणका क्रममा बेलोसोभले उत्तर कोरियाका धेरै ‘सैन्य तथा राजनीतिक नेता’ सँग वार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । उहाँलाई प्योङयाङमा उत्तर कोरियाली समकक्षी नो क्वाङ चोलले स्वागत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
युक्रेनमा युद्ध शुरु भएदेखि नै रुस र उत्तर कोरियाले आफ्नो सैन्य सम्बन्ध बलियो बनाएका छन् । उनीहरूले जूनमा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए । सन्धिले आक्रमणको अवस्थामा एकअर्कालाई सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धको विरोध गर्न सहयोग गर्न बाध्य पार्छ ।
अमेरिका र दक्षिण कोरियाले पनि आणविक हतियारद्वारा सुसज्जित उत्तर कोरियाले रूसलाई युक्रेनसँग लड्न मद्दत गर्न दश हजारभन्दा बढी सैनिक पठाएको आरोप लगाएको छ । विज्ञहरूले नेता किम जोङ उन उन्नत प्रविधि र आफ्नो सेनाका लागि युद्धको अनुभव प्राप्त गर्न उत्सुक भएको जनाएका छन् ।
आणविक हतियार कार्यक्रम र युक्रेन युद्धका लागि उत्तर कोरिया र रूस दुवै संयुक्त राष्ट्रसङ्घद्वारा लगाएकोे प्रतिबन्धको सामना गरिरहेका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति