
काठमाडौँ । रामेछापको गोकुलगंगा गाउँपालिका– ४ का वडाध्यक्षको मृत्यु भएको छ ।
वडाध्यक्ष रामचन्द्र बस्नेतको जीप दुर्घटनामा मृत्यु भएको हो । बस्नेत २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
काठमाडौँबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो जीप शुक्रबार गोकुलगंगाको फर्पु जिरोकिलो नजिक सिमखोला भन्ने स्थानमा दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ५ सय मिटर तर खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा वडाध्यक्ष बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । जीपमा ८ जना सवार थिए । अन्य तीन जनालाई उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति