
दाङ । पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक निर्माण शुरु भएको छ ।
सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण शुरु भएको हो । साढे तीन मिटर चौडा सो सडकलाई साढे पाँच मिटर चौडा बनाइने छ ।
शारदा निर्माण सेवासहित तीन ठेकेदार कम्पनीलाई गत वर्ष एक करोड ४० लाख र चालु वर्षमा एक करोड ८२ लाख रुपैयाँ पेश्की प्रदान गरिएको छ । ‘अहिले पर्याप्त बजेट छैन, ठेकेदार कम्पनीले पेश्कीका आधारमा काम शुरु गरेको छ’ उहाँले भन्नुभयो ।
हाल गहतेखोलाबाट ८ दशमलव ८ किलोमिटरसम्मलाई स्तरवृद्धि गरेर साढे पाँच मिटर चौडाइ बनाइने छ भने त्यसलाई कालोपत्र पनि गरिने जनाइएको छ । सडक स्तरवृद्धिका लागि १६ करोड ५० लाख रुपैयाँमा सम्झौता भएको छ ।
त्यो सडकको बिहीबार लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले अनुगमन गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति