
झापा । ‘हङरायो’ र ‘हरित परेवा’ फेला पार्ने संरक्षणकर्मी देवेन्द्रकुमार खरेललाई लाल भागिरथा बानियाँ प्रतिष्ठानले ३१ हजार रुपैयाँको यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
खोज तथा अनुसन्धानका क्षेत्रमा योगदान पुर्याउने राष्ट्रिय प्रतिभा एक जना, कृषि क्षेत्रमा जैविक प्रविधिको सफल प्रयोग गर्ने एक जना उत्कृष्ट किसान र घरपरिवारमा असल व्यवहार गर्ने एक गृहिणीलाई प्रतिष्ठानले बर्सेनि पुरस्कार दिँदै आएको छ । मङ्सिर २० गते मेचीनगरको धाइजनमा ती पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताउनुभयो ।
यस वर्ष मेचीनगर–७ काँकरभिट्टा निवासी ५१ वर्षीय देवेन्द्रकुमार खरेल पुरस्कृत हुँदै हुनुहुन्छ । उहाँले हालसम्ममा ३ सय ४० प्रकारका चराको खोज र चार सय ७७ प्रकारका चराको तस्वीर खिचिसक्नुभएको छ । उहाँले नेपालबाट सय वर्षअघि नै लोप भइसकेको घोषणा गरिएको हङ्रायो नामक दुर्लभ चरा २०७८ साल पुस ६ गते इलामको सूर्योदय नगरपालिकामा फेला पारी तस्वीर र भिडियो खिच्नुभएको थियो चरा संरक्षणमा लाग्नुभएका उहाँले २०७७ साल मङ्सिर ९ गते मेचीनगर–७ मा नेपालमै पहिलोपल्ट हरित परेवा नामको चरा फेला पारेर त्यसको पनि तस्वीर तथा भिडियो खिच्नुभएको थियो ।
यसैगरी, प्रतिष्ठानले मेचीनगर–५ निवासी अनिताकुमारी कार्कीलाई लाल भागिरथा उत्कृष्ट कृषक पुरस्कार र बुद्धशान्ति वडा नं ५ निवासी रेणुका सङ्ग्रौला चापागाईँलाई लाल भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव डम्बर देउजाले जानकारी दिनुभयो ।
उत्कृष्ट कृषक पुरस्कार प्राप्त गर्ने कार्कीले परम्परागत रुपमा हुँदै आएको निर्वाहमुखी करेसाबारीलाई कसरी व्यावसायिक कृषिमा रुपान्तरण गर्न सकिन्छ भनेर नमूना प्रस्तुत गर्नुभएको छ । तीन दशक शिक्षण पेशा गरेर सेवा निवृत्त उहाँले जैविक प्रविधि र मलखादबाट पाँच कठ्ठामा सागसब्जी र फलफूल उब्जाउँदै आउनुभएको छ ।
उत्कृष्ट गृहिणी पुरस्कार पाउने चापागाईँ क्यान्सर सङ्क्रमित वृद्धावस्थाका सासू दिलकुमारी चापागाईँ र ससुरा शिवलाल चापागाईँको नियमित उपचार र हेरचाहमा समर्पित बुहारी हुनुहुन्छ । उहाँका छोरा सौरभ चापागाईँ पनि जन्मजात शारीरिक अशक्त हुनुहुन्छ । बिरामी सासू र ससुराको स्याहारमा उहाँको समर्पणको कदर गर्दै नमूना बुहारीको रुपमा उहाँलाई पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष बानियाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति