
झापा । पूर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा जलेश्वरधाममा बालाचर्तुदशीको अवसरमा आयोजना गरिने ४२औँ वार्षिक अनुष्ठानको तयारी पूरा भएको छ ।
प्रत्येक वर्ष मार्ग कृष्ण त्रयोदशीको बेलुकादेखि यस क्षेत्रमा लाग्ने मेलाको तयारी पूरा भएको धाम व्यवस्थापन समितिले जनाएको छ । समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार विश्वशान्ति र पितृ उद्धारका लागि मङ्सिर ८ गतेदेखि शुरु भएको महायज्ञ शनिबार बालाचर्तुदशीको दिनसम्म सञ्चालन हुनेछ ।
धाममा १ सय ८ आचार्य ब्राह्मणद्वारा श्रीमद्भागवतसहित हवन महायज्ञ भइरहेको उहाँले जानकारी दिनुभएको छ । त्यस अवधिमा पाँच लाख भन्दाबढी आन्तरिक तथा बाह्र श्रद्धालु भक्तजन यस क्षेत्रमा आउने अनुमान गरिएको कोषाध्यक्ष जोशीले बताउनुभयो ।
महाभारतकालीन इतिहास बोकेको यस धामले जलेश्वरधामको रूपमा पौराणिक इतिहास उजागर गर्दै विसं २०२३ देखि आधुनिक संरचना बनाउन सुरु गरेको थियो । हालसम्म करिब पाँच बिघा क्षेत्रफलमा बृहत् धाम विकासमा अघि बढिरहेको उहाँको भनाइ छ ।
धामभित्र एक सय आठ शिवलिङ्ग तथा पार्वती मन्दिर, शनि मन्दिर, यज्ञशाला, मोक्षेश्वर शिव लिङ्ग, अर्जुनवाण मूल पोखरी, पाँचधारा, धान्यचल, कालीनाग मन्दिर, हनुमान स्तम्भ, सन्त निवास भवन, श्री हनुमान लक्ष्मीनारायण तथा नटराज गणपति मन्दिर र गौशला छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति