
काठमाडौँ । सरकारले साना किसान लाभान्वित हुने गरी बाली तथा पशुधन बीमा कार्यक्रम लागू गरेको छ ।
त्यो कार्यक्रम अन्तर्गत बीमालेख ५० लाख रुपैयाँ जारी गरेका किसानलाई ८० प्रतिशत अनुदान, एक करोड सम्मका लागि ६५ करोड र एक करोड रुपैयाँ भन्दा माथिको बीमालाई ५० प्रतिशतमा वर्गीकरण गरी कार्यक्रम लागू गरिएको हो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा धेरै किसानलाई बीमाको दायरामा ल्याउन र उनीहरुलाई अधिकतम सुविधा उपलब्ध गराउन बिमासम्बन्धी सरोकारवालासँग छलफलसहित विद्यमान कार्यविधि परिमार्जन गरी नयाँ कार्यक्रम लागू गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । हालसम्म सबै प्रकारको बीमामा किसानलाई बीमा शुल्क (प्रिमियम) को ८० प्रतिशतसम्म अनुदान दिने व्यवस्था थियो ।
साना किसानले अधिकतम अनुदान प्राप्त गर्ने गरी ल्याइएको कार्यक्रममा ठूला लगानीका किसानले कम अनुदान पाउने व्यवस्था गरिएको छ । बाली तथा पशुधन बीमाको प्रिमियम अनुदान उपलब्ध गराउने कार्यविधि २०८१ मा कृषि मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले प्रत्येक वर्ष बाली तथा पशुधन बीमा कार्यान्वयन गर्ने जनाइएको छ ।
सूचना अधिकारी जोशीका अनुसार गत कात्तिकदेखि कार्यान्वयनमा ल्याइएको त्यो कार्यक्रममा यस क्षेत्रमा बीमा गर्ने कम्पनीले जारी गरेको सम्बन्धित बीमालेख, त्यसको दायित्व लगायत आवश्यक सूचनाको विवरण प्रत्येक तीन महिनामा बीमा प्राधिकरणमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । त्यो विवरण प्राधिकरणले १५ दिनभित्र मन्त्रालयमा बुझाउनुपर्ने छ ।
विसं २०६९ माघ १ गते देखि शुरु गरिएको बीमा कार्यक्रम व्यवस्थित गर्न विसं २०७० मा अनुदान निर्देशिकामार्फत ७५ प्रतिशत अनुदानको व्यवस्था गरिएको थियो । आर्थिक वर्ष २०७९÷८० को बजेटबाट ८० प्रतिशत अनुदान दिइएको थियो ।
सबैलाई समान रुपले अनुदान उपलब्ध गराउँदा ठूला लगानीका कृषि फार्म तथा किसानले अनुदानको धेरै रकम प्राप्त गरेकाले न्यायोचित वितरण गर्न नयाँ कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति