
दार्चुला । अपिहिमाल गाउँपालिका–२ सकारस्थित सिद्धनाथ आधारभूत विद्यालय दैभातमा सञ्चालित बालविकासका बालबालिका चिसो मौसममा छानोमुनि पढ्न बाध्य छन् ।
बालविकासका लागि भवन निर्माण नहुँदा कलिला बालबालिका चिसोमा पनि छानोमुनि पढ्न बाध्य भएका हुन् । सकार, दोबाटा र थालाका बालबालिका पढाउने उद्देश्यले विसं २०६५ मा उक्त बालविकास कक्ष स्थापना गरिएको थियो । तत्कालीन अवस्थामा विद्यालय नजिक नहुँदा त्यो कक्षमा बालबालिका बढी थिए । आधारभूत विद्यालय दैभात जान पाँच घण्टा र महादेव मावि घुसा पुग्न तीन घण्टा बढी समय लाग्दछ ।
बालबालिका ठूलो उमेर हुँदा मात्रै विद्यालय पढाउनुपर्ने अवस्था भएकाले सकारमा बालविकास माग गरिएको स्थानीय भुरी धामीले बताउनुभयो । ‘बालविकासका लागि स्वीकृत दिए पनि भवन छैन । भवन नहुँदा जस्तापाताले घामपानी छेक्ने गरी बालबालिका राख्नुपर्ने बाध्यता छ । भवन दिनुपयो भनेर पहिले पनि माग गरेका थियौँ’ उहाँले भन्नुभयो– ‘हालसम्म सुनुवाइ भएको छैन । विद्यालय अनुगमन गर्न आए पनि बालविकास भवनबारे सरोकार भएका निकायले चासो नदिँदा बालबालिका छानोमुनि पढ्न बाध्य छन् ।’
अहिले बालविकास कक्षामा तीन जना मात्रै विद्यार्थी अध्ययनरत रहेका बालविकास सहजकर्ता ललिता कार्कीले जानकारी दिनुभयो । ‘एक–दुई वर्षयता विद्यार्थी सङ्ख्या न्यून हुँदै गएको छ’ उहाँले भन्नुभयो ।
अपिहिमाल गाउँपालिकाका शिक्षा शाखा प्रमुख वीरेन्द्र साउदले भवन निर्माणसम्बन्धी विषयमा आफू जानकार नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विद्यार्थी थोरै छन्, बालविकास कक्ष दैभातअन्तर्गत सञ्चालनमा छ । तत्कालीन समयमा बालविकास निर्माणबारे भएका योजना अध्ययन गरी पूर्वाधार निर्माणमा जोड दिने छौँ’ उहाँले भन्नुभयो ।
विद्यार्थी भएर बालविकास कक्षा सञ्चालन भएको भन्दै पूर्वाधार निर्माणमा सरोकार भएकाले चासो नदिँदा बालिबालिका मर्कामा परेका स्थानीय बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति