
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० नदवामा रहेका उद्योगको फोहर पानीले आसपासका क्षेत्र दुर्गन्धित बनेका छन् ।
उद्यागबाट निस्किएको फोहरले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित बनेपछिे जिल्ला प्रशासन कार्यालय तथा रामग्राम नगरपालिकामा निवेदन दिइएको छ । पाल्हीनन्दन गाउँपालिका–६ का सन्दीप यादवले स्थानीय उद्योगबाट निस्किएको फोहरले गाउँ प्रदूषित हुनुका साथै फोहर पानीमा केमिकल मिसिएको र त्यो पानी खोलामा जाँदा खोला दुर्गन्धित बनेको बताउनुभयो । उहाँका अनुसार केमिकल मिसिएको पानी खोला, नालामा छोड्दा फोहर पानीले कृषि बालीलाई क्षति पु-याउनुका साथै त्यो पानी खाएर कतिपय गाईभैँसी र बाख्रा मरेका छन् ।
यसरी वातावरण प्रदूषण हुनुका साथै पशुचौपाया, कृषि बालीमा क्षति हुन थालेपछि प्रदूषण रोक्न र सारेकार भएकाको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय र रामग्राम नगरपालिकामा निवेदन दिइएको यादवले जानकारी दिनुभयो ।
जिल्लामा रहेका रोसलान भोडका, वरुण वेभरेज, लुम्बिनी पेपर मिल, गोयनका प्रालिबाट निस्किने प्रदूषित पानी प्रशोधन नगरी खोलानालामा छोडेकाले पशुचौपाय चरन गर्न नपाएका, कतिपय पशु मरेका, प्रदूषित पानीले खोलानाला दुर्थन्धित भई वातावरण दूषित गरिरहेको पाल्हीनन्दनका धरेन्द्र यादवले बताउनुभयो । उद्योगबाट निस्किने फोहर पानीले वातावरण दूषित गरेको रामग्राम नगरपालिका–१० का वडाध्यक्ष सुरेश यादवले बताउनुभयो ।
उद्योगहरूको प्रदूषित पानीले कृषि तथा पशुचौपायमा क्षति पु्र्याएको स्थानीयवासीले निवेदन आएपछि अनुगमन गर्दा प्रदूषित पानी बगिरहेको पाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो ।
समस्या समाधानका लागि उद्योगका प्रतिनिधि, स्थानीय प्रतिनिधि, नागरिकसहित छलफल गरी विकल्प खोजिने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति