
कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाको वडा नम्बर ४ मा अध्यक्ष लागि मङसिर १६ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको छ ।
तिलागुफा –४ को वडाध्यक्षको निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले बताउनुभयो। उहाँका अनुसार निर्वाचनका लागि एक जना मतदान अधिकृत, एक जना सहायक निर्वाचन अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना सहयोगी मतदान केन्द्रका खटिएको छन् ।
निर्वाचनका लागि आज सर्वदलीय बैठक बसेर निर्वाचन आचारसंहिता प्रचारप्रचारको मौन अवधि बिहीबार राति १२ बजेदेखि लागू हुने बिषयमा जानकारी गराइने निर्वाचन अधिकृत मल्लले जानकारी दिनुभएकोछ।उपनिर्वाचनका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तिलागुफा–४ मा एक मतदान केन्द्र रहेको र यसमा ६ सय ९ मतदाता छन् ।
वडाध्यक्ष पदमा नेपाली कांग्रेका पैलबहादुर शाही, नेकपा एमालेका ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका खड्कबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बम, नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताउनुभयो ।
तिलागुफा–४ का तत्कालीन वडाध्यक्ष परबहादुर शाहीको २०७९ साल असोज २४ गते पहिरोमा परेर निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति