
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३९ दशमलव ७० अंकले बढेर २ हजार ७ सय ५६ दशमलव ३६ बिन्दुमा रोकिएको छ । नेप्से परिसूचक १ दशमलव ४६ प्रतिशतले बढेको हो ।
आज ३ सय १६ कम्पनीको १ करोड ७१ लाख ४३ हजार ५सय ८४ कित्ता शेयर, ८९ हजार पटक खरिद बिक्री हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८ सय ४० रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
विशाल बजार कम्पनी, कर्णाली बिकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,सर्पोट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक र मानुशी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।
वित्त समूहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूह ९ दशमलव २७ र विकास बैंक समूह तीन दशमलव १८ प्रतिशतले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति