+

बक्यौता बाँकी रहेका उद्योगहरूको विद्युत नकाट्ने बोर्डको निर्णय

काठमाडौँँ  । बक्यौता असुली बाँकी रहेका उद्योगहरूको  विद्युत लाइन  नकाटिने  भएको छ । नेपाल  विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको विद्युत लाइन नकाट्ने निर्णय गरेको छ ।

विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएपछि  बोर्डले यस्तो निर्णय गरेको हो । बोर्डले गरेको यो निर्णय प्रति भने दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेको स्रोतले बताएको छ ।

नियमन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नु नेपाल विद्युत् प्राधिकरणको ‘परम कर्तव्य’ भएको जनाएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै