
गोरखा । शहीद लखन गाउँपालिकामा टोेलटोलमा पुगेर पालिकाभित्रका गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको छ ।
गाउँपालिका स्वास्थ्य शाखामार्फत पालिकाभित्रका विभिन्न वडामा पुगेर ४९ जना गर्भवतीको निःशुल्क भिडियो एक्सरे गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।‘आमा र गर्भस्थ शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गाउँपालिकाले सबै वडाका टोलटोलमा तालिमप्राप्त स्वास्थ्यकर्मी परिचालन गरेर सेवा उपलब्ध गराउँदै आएको छ’ उहाँले भन्नुभयो ।
शाखा प्रमुख श्रेष्ठले गाउँपालिकाको ग्रामीण अल्ट्रसाउण्ड कार्यक्रमअन्तर्गत गर्भवतीका लागि हरेक महिना नियमित रूपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो । गाउँपालिकाले गर्भवतीलाई भिडियो जाँचका लागि हिँडेर आवतजावत गर्न नपरोस् भनेर टोलटोलमै पुगेर सेवा उपलब्ध गराउँदै आएको हो ।
गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमका लागि पालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी मनिला श्रेष्ठ, बुङ्कोट स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी ज्ञानु सेन्चुरी र बक्राङ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी समीक्षा दराईसहित तीन जनामात्र तालिमप्राप्त स्वास्थकर्मी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति