
काठमाडौँ । साइबर अपराध कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल फर्काइएको छ ।
प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनको छोरा निराजनले गएको शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए । त्यही मुद्दाको लागि प्रसाईं सर्वोच्च अदालत लगिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सर्वोच्चमा अहिले उनको बयान चलिरहेको छ । प्रहरी हिरासतमा रहेका प्रसाईं आइतबार वीर अस्पताल भर्ना भएर त्यही बस्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति