+

लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बहाना छैन : युरोपियन युनियन

काठमाडौँ । फ्रान्स र अमेरिकाको मध्यस्थतामा  प्रस्तावित लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बाहाना तथा कारण नभएको युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले बताउनु भएको छ । 

सेप्टेम्बरको अन्त्यमा लामो समयदेखि चलिरहेको शत्रुता पूर्ण युद्धमा परिणत भएपछि इजरायलले हिजबुल्लाहसँगको युद्धमा प्रस्तावित युद्धविराम स्वीकार गर्ने कि नगर्ने निर्णय गर्ने तयारी गरिरहेको जनाइएको छ ।

जी–७ का विदेश मन्त्रीहरूको बैठकमा बोल्दै बोरेलले अमेरिका र फ्रान्सले मध्यस्थतामा  टेबल गरिएको प्रस्तावमो इजरायलले मागेको सबै सुरक्षा प्रतिवद्धता समावेस रहेको जनाउदै प्रस्ताव अस्वीकार गर्ने कुनै बहाना नभएको बताउनु भएको हो ।

उहाँले इजरायली सरकारका मन्त्रीहरूबाट लडाइँ जारी राख्नका लागि विस्फोट जारी राख्ने इच्छुक आवाज सुनेकासमेत पत्रकारलाई बताउनु भएको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायत इजरायली सरकारले युद्धविराम सम्झौतालाई अनुमोदन गर्ने आशा व्यक्त गर्दै उहाँले लडाइँ बन्द गरि मानिसहरुको नरसंहार अन्त्ये गर्न आह्वान गर्नु भएको छ ।

पछिल्लो समयमा जी –७ राष्ट्रहरूको समूहको अध्यक्षता गरिरहेको इटालीले विदेश मन्त्रीहरूको बैठकको आयोजना गरी युद्धविरामको आशा  जगाइ रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै