
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अंकले बढेको छ ।
परिसूचक मंगलबार १ दशमलव २४ प्रतिशतले बढेर २ हजार ७ सय १६ दशमलव ६६ बिन्दुमा अडिएको छ । आज सय १२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता शेयर, ७५ हजार ५ सय ७२ पटक खरिदबिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार९ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ एक दशमलव २०, विकास बैंक शून्य दशमलव ४९, वित्त समूह एक दशमलव ५१, होटल तथा पर्यटन शून्य दशमलव ६४, जलविद्युत् एक दशमलव ९७ र लगानी समूह एक दशमलव १३ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा एक दशमलव ०२, उत्पादन तथा प्रशोधन एक दशमलव ०८, लघुवित्त शून्य दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बीमा शून्य दशमलव ८१, व्यापार एक दशमलव २९ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले बढेको छ ।
सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, युनाईटेड आईडिआई मर्दी हाईड्रोपावर लिमिटेड र कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको ४५ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । खरिदबिक्री भएका शेयरका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ६ लाख ८८ हजार दुई सय ३६ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति