
काठमाडौँ । युक्रेन र नेटोका ३२ सदस्य राष्ट्रका राजदूतहरूले गत साता रूसले प्रयोगात्मक हाइपरसोनिक मध्यवर्ती दूरीको क्षेप्यास्त्र प्रहार गरेको विषयमा केनिद्रत रहि मङ्गलबार ब्रसेल्समा भेट वार्ता गरेका छन् ।
रूसले बिहीबार युक्रेनी शहर डिनिप्रोमा आक्रमण गरेको थियो जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नयाँ ओरेसनिक मिसाइलको परीक्षण भएको बताउनु भएको थियो ।
क्रेमलिनका नेताले युक्रेनलाई रूसविरुद्ध आफ्नो हतियार प्रयोग गर्न दिने देशमा सैन्य सुविधामा आक्रमण गर्न मस्कोलाई ‘अधिकार’ प्राप्त भएको भएको चेतावनी दिएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई रूसको मुर्खाता भन्दै पछिल्लो लडाइँ र नयाँ खतरालाई सामना गर्न अद्यावधिक हवाई–रक्षा प्रणालीका लागि अपील गर्नु भएको ।
नेटो–युक्रेन काउन्सिलको बैठक पछि किभले ‘ठोस र अर्थपूर्ण परिणाम’ प्राप्त गर्ने आशा गरेको छ । यद्देपी नेटोका कूटनीतिज्ञ र अधिकारीहरूले मङ्गलबारको परामर्शबाट कुनै नतिजाको खुलासा गरेका छैनन् ।
मस्कोको नयाँ हतियारको तैनातीले “नेटोका सहयोगीलाई युक्रेनलाई समर्थन गर्नबाट नरोक्ने वार्ताका सहभागीहरुले जनाएका छन् ।
बैठकले ‘युक्रेनको हालको सुरक्षा अवस्थाबारे छलफल गरी भिडियो लिङ्कमार्फत युक्रेनी अधिकारीहरूबाट ब्रीफिंग समावेश गर्ने नेटोका एक अधिकारीले बताएका छन् ।
मुख्य नेटो शक्ति संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएपछि पश्चिमी समर्थनको भविष्यका बारेमा प्रश्न उठिरहेको समयमा युक्रेनलाई तनाव बढेको छ ।
ट्रम्पले किएभका लागि वासिङ्टनको सैन्य सहायता कायम राख्नमा शङ्का व्यक्त गर्दै युद्ध अन्त्य गर्न द्रुत सम्झौताको वाचा गर्नुभएको छ ।
नेटोका वरिष्ठ कमान्डर रोब बाउरले भन्नु भयो ‘म कल्पना गर्न सक्दिन कि पुटिनलाई विजेताका रूपमा ती सम्भावित वार्ताबाट बाहिर निस्कन अनुमति दिनु अमेरिकाको हितमा छ ।’
युद्ध मैदानमा युक्रेनका थकित सैनिकहरू देशको पूर्वमा रूसी सेनाको प्रगति रोक्न सङ्घर्ष गरिरहेका छन् ।
नेटो र युक्रेनले सन् २०२३ मा संयुक्त परिषद्को स्थापना गरी किएभलाई उपयुक्त देखिएमा गठबन्धनसँग बैठक बोलाउन अनुमति दिएका थिए । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति