
सुदूरपश्चिम । यातायात व्यवस्था कार्यालय धनगढीमा प्रयोगमा ल्याएको अनलाइन सवारी दर्ता प्रणाली (ईभिआरएस)मा समस्या भएको छ ।
ईभिआरएसमाफर्त् गाडी नामसारी गर्न मनोज लामालाई एक सता लाग्यो । सवारी साधन कारोबार गर्ने कम्पनीका प्रतिनिधि लामाले ईभिआरएसमा पूर्ण विवरण नदेखाउँदा गाडी नामसारी गर्न समय लागेको बताउनुभयो ।
ईभिआरएसमा गाडीको ‘ब्लुबुक’मा सवारी धनी र आर्थिक लगानी गर्नेको नाम देखाए पनि ऋणीको नाम नदेखाउँदा सेवा प्रवाहमा हैरानी भएको कर्मचारी बताउँछन् । अर्का सेवाग्राही मनोज कार्कीले कम्युटरमा राजस्व तिरेकोसम्बन्धी पूरा विवरणसमेत नदेखाउने गरेको बताउनुभयो ।
णालीले पछिल्ला महिनामा यातायात व्यवस्था कार्यालय धनगढीका कर्मचारी र सेवाग्राही हैरान भएका छन् । ईभिआरएस प्रणाली पूर्ण नहुँदा सेवा प्रवाह प्रभावित भएको कार्यालय प्रमुख विनोद मालीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यातायात व्यवस्था विभागले प्रयोगमा ल्याएको कम्प्युटर सफ्टवेयर अपूरो हुँदा कर्मचारी र सेवाग्राहीलाई समस्या भइरहेको छ, समस्या समाधानका लागि विभागमा लेखिपठाइएको भए पनि उताबाट सम्बन्धित जनशक्ति नभएको भन्ने जवाफ आएकाले समस्या समाधान हुनसकेको छैन ।’
गत वर्षदेखि धनगढी र कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयबाट ईभिआरएस प्राणालीमार्फत् सेवा प्रवाह भइरहेको छ । बुटवल र नेपालगञ्जस्थित यातायात कार्यालयमा पनि सो प्रणाली लागू गरिएकामा समस्या देखिन थालेपछि बुटवल कार्यालयले पुरानै तरिकाबाट सेवा दिन थालेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति