
काठमाडौँ । मानव तस्करी प्रकरणमा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीको संलग्नता पुष्टि नभएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उहाँ विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उहाँलाई मुद्दा नचलाउने निर्णय गर्दै अन्य ११ जना विरुद्ध अभियोगपत्र जिल्ला अदालत काठमाडौँमा पेस गरेको हो ।
सरकारी वकिल कार्यालयले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र योगराज गौतमविरूद्ध मुद्दा दर्ता गरेको छ। आरोपित भनिएका तीन जना फरार छन्।
जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँका प्रमुख सन्देश श्रेष्ठका अनुसार पूर्वमन्त्री अधिकारीविरुद्ध विभिन्न ९ आधारमा अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरिएको हो । प्रतिवादी लिलाबल्लभ अधिकारी स्वयंले जापानको नारिता विमानस्थलबाट घटनाको सम्बन्धमा नेपाल प्रहरीहरूलाई जानकारी दिएको, जापान सरकारले अन्य प्रतिवादीहरुलाई एक्सक्लुजन अर्डरबाट डिपोर्ट गरेकोमा निज लिलाबल्लभ अधिकारीको हकमा निज स्वयंले अनुरोध गरी फिर्ता भई आएको देखिएकाले मुद्दा नचल्ने आधार स्पष्ट हुने सरकारी वकिल कार्यालयले निर्णय गरेको छ ।
त्यस्तै, अन्य प्रतिवादीहरूले अनुसन्धानको क्रममा बयान गर्दा अधिकारीको संलग्नता सम्बन्धमा केही नबोलेको, अधिकारीले आरोपित कसूरमा ईन्कार रही बयान गरेको, तत्काल पक्राउ परेका प्रतिवादीहरु महेश पाण्डेसमेतको बयान व्यहोरामा पनि अधिकारीको नाम नरहेको सरकारी वकिल कार्यालयको निर्णयमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति