
चितवन । यहाँको व्यावसायिक कीट विकास फर्मले विगत दुई वर्षदेखि धानको मूल बीउ उत्पादन गर्दै आएको छ । फर्मका नाममा रहेको दुई बिगाहा जग्गामा विभिन्न जातका धानको बीउ उत्पादन थालेको हो ।
कार्यालय प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार राष्ट्रिय धानबाली अनुसन्धान कार्यालय धनुषाबाट प्रजनन बीउ ल्याएर मूल बीउ उत्पादन शुरु गरिएको हो । अघिल्लो आर्थिक वर्षमा मकवानपुर १ र बहुगुणी १ को बीउ उत्पादन गरिएको भए पनि यस वर्ष भने सावित्रीको मूल बीउ उत्पादन गरिएको उहाँले जानकारी दिनुभयो ।
गत वर्ष ४० क्विन्टल बीउ उत्पादन भए पनि २० क्विन्टल मात्र बीउका लागि प्रयोग भएको थियो । उहाँले भन्नुभयो, ‘निजी क्षेत्रबाट धानको बीउ उत्पादन हुँदै आएको भए पनि प्रदेश सरकारका तर्फबाट यो पहिलो हो ।’ गत वर्ष उत्पादित बीउमध्ये २० क्विन्टल बीउका लागि र २० क्विन्टल खाद्यान्नका लागि बिक्री भएको उहाँले बताउनुभयो ।
क्षेत्रीले भन्नुभयो– ‘मकवानपुर १ धानको बीउको माग आयो तर बहुगुणीको माग आएन ।’ अन्न बालीमा धानको बीउ राम्रो उत्पादन गरेर बिक्री वितरणका लागि तयार पार्ने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बीउ उत्पादनमा सहज र किसानले राम्रो बीउ पाउन सकून् भन्ने उद्देश्यका साथ बीउ उत्पादन थालिएको हो ।
यहाँ उत्पादित बीउलाई आफूहरुले सहकारीलाई बिक्री गरेर एक वर्ष सहकारीले समेत बीउ उत्पादन गरेपछि मात्र किसानकामा बीउका रुपमा पुग्ने उहाँले जानकारी दिनुभयो ।
यस वर्ष कार्यालयले ६० क्विन्टल मूल बीउ उत्पादन हुने अनुमान गरिएको छ । यस कार्यालयले अहिले धानसँगै च्याउ र मेवाको बीउ तथा बिरुवा उत्पादन गर्न शुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति