
काठमाडौँ । साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अंकले सुधार देखिएको छ ।
नेप्से सोमबार १५ दशमलव ८३ अंकले बढेर दुई हजार छ सय ८३ दशमलव २४ को विन्दुमा कायम भएको हो । आज ३ सय ९ कम्पनीको १ करोड २२ लाख ९ हजार ५ सय ९७ रुपैयाँ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २३ र म्युचुअल फन्ड शून्य दशमलव ३२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दाधेरै वित्त समूह दुई दशमलव २७ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ११, विकास बैंक एक दशमलव २१, होटल तथा पर्यटन एक दशमलव २४, जलविद्युत् शून्य दशमलव ४४ र लगानी समूह एक दशमलव ०५ प्रतिशतले बढेका छन् ।
त्यस्तै, जीवन बीमा शून्य दशमलव २३, लघुवित्त शून्य दशमलव १९, निर्जीवन बीमा एक दशमलव २७, व्यापार शून्य दशमलव ०९ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले बढेको छ । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरे घट्नेमा भने ङादी ग्रुप पावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ५४ करोड ७ लाख ५० हजार ६ सय ७८ रुपैष्याँ बराबरको १० लाख ७७ हजार ६ सय ८५ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति