
काठमाडौँ । म्यानमार सन् २०२३ मा १ हजार ५२ नागरिकको हताहतको उच्च रेकर्डसहित बारुती सुरुङ खतराका लागि विश्वको सबैभन्दा जोखिम युक्त देश बनेको राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घका अनुसार म्यानमारमा बालबालिका लागि तुलनात्मक रुपमा अवस्था डरलाग्दो रहेको छ । सामाजिक सञ्जाल एक्समा राष्ट्रसङ्घीय समाचार सेवाले म्यानमा सबै भन्दा बढी पीडितका साथ बारुती सुरुङ् खतराको मुख्य मुलुक भएको जनाएको छ ।
राष्ट्रङ्घीय बाल कोष (युनिसेफ) तथा बारुती सुरुङ् प्रतिबन्धित गर्ने अन्तर्राष्ट्रिय अभियानको अध्ययनका अनुसार पनि म्यानमा बारुती सुरुङ तथा हतियार हताहतका लागि विश्वको सबैभन्दा घातक देश बनेको छ ।
पछिल्लो समयमा जुन्टाले देशव्यापी प्रतिरोधलाई दमन गर्न बारुती सुरुङ प्रयोग र प्रभाव दोब्बर बनाइरहेको म्यानमारका विशेष प्रतिवेदक टम एन्ड्रज र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि हेबा हाग्रास विशेष प्रतिवेदकले बताउनु भएको छ ।
बारुती सुरुङ प्रभावले म्यानमारका बच्चामा अधिक प्रभाव पारेको युनिसेफको तथ्याङ्कलेसमेत प्रमाणित गरेको छ । भने घर, विद्यालय, खेल मैदान ,कृषि लगायतका क्षेत्रमा हतियार अन्धाधुन्ध राखिनाले बालबालीका लागि निरन्तर जोखिम बढेको जनाइएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति