
काठमाडौँ । सन् २०२३ को अक्टोबर देखि ११ हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा रहेका छन् ।
सन २०२३ अक्टोबर –७ देखि इजरायलको जेलमा वेस्ट ब्याङ्क र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार ८ सय भन्दा बढी पुगेको छ, जसमा ४ सय ३५ जना महिला ७ सय ७५ बालबालिका र १ सय ३६ पत्रकार रहेका छन् ।
बन्दी मामिला आयोग, प्यालेस्टिनी प्रिजनर्स क्लब, र प्रिजनर सपोर्ट एन्ड ह्युमन राइट्स एसोसिएसन (एडडमीर) ले संयुक्त विज्ञप्तिमा प्यालेस्टिनीमाथि इजरायली आक्रमण शुरु भएदेखि प्रशासनिक नजरबन्द आदेश दश हजार नाघेको जनाएका छन् । जसमा नवीकरण आदेशहरू केही बालबालिका तथा महिलाविरुद्ध जारी गरिएको थियो ।
विज्ञप्ति का अनुसार अक्टोबर –७ देखि कम्तिमा ४५ कैदी इजरायली जेलमा शहीद भएका छन् ।
यसै गरी धेरै जना हिरासतमा शहीद भएकोहरुको इजरायली अधिकारीहरूले पहिचान गरेका छैनन् भने दर्जनौंलाई मृत्युदण्ड दिइएको छ । आधिकारिक रूपमा मृतक घोषणा गरिएका ४३ जना शहीदको शव, अझै पनि इजरायली अधिकारीहरूले गुपचुप राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बन्दीहरूमा आक्रमण शुरु भएदेखि नै उनीहरूको घर तथा सैन्य चौकीमा पक्राउ परेका, दबाबमा आत्मसमर्पण गरेका र बन्धकको रूपमा राखिएकाहरू समावेश छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति