
नुवाकोट । दशौँ उद्योग दिवसका अवसरमा नुवाकोटका उत्कृष्ट ६ जना उद्यमीलाई सम्मान गरिएको छ ।
विदुरस्थित उद्योग तथा वाणिज्य कार्यालयमा आइतबार आयोजित कार्यक्रममा मनमैंजु इण्डष्ट्रिज विदुर–५ का अमृतप्रसाद दुवा, बागमती ग्याबिन बक्स उद्योग विदुर–९ का उपेन्द्र बुढाथोकी, लप्सी क्याण्डी उद्योग विदुर–१२ का ज्ञानु तामाङ, नमुन्चेत कृषि फर्म ककनी–२ का कान्छीमाया तामाङ, वाइबा कृषि फर्म म्यागङ–३ का प्रकाश तामाङ र जलेश्वर बाख्रा फर्म तादी–३ का रमेशकुमार बस्नेत सम्मानित हुनुभएको हो ।
जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीले प्रशंसापत्र र खादा ओढाएर उहाँहरुलाई सम्मान गर्नुभयो । उद्यमी छनोट गर्न गठिन समितिले उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका उद्यमीमध्येबाट फरक–फरक विधामा योगदान पुर्याउँदै आएकामध्ये उत्कृष्ट छनोट गरेर सिफारिस भएअनुसार उनीहरुलाई सम्मान गरिएको कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिनुभयो ।
उहाँको अनुसार उद्यमीलाई गरिएको सम्मानबाट उद्योग क्षेत्रमा विकास, वृद्धि र थप लगानीको लागी आकर्षण बढाउन टेवा पुग्ने विश्वास लिइएको छ । कार्यालयले दशौँ उद्योग दिवसको अवसरमा जिल्लाका विभिन्न ५० जना उद्यमी तथा उद्योगले उत्पादन गरेका पाँच सयभन्दा बढी सामग्रीको बिक्री एवं प्रदर्शनी समेत सञ्चालन ल्याएको छ ।
आइतबारदेखि शुरु भएको प्रदर्शनीमा स्थानीय कृषि उब्जनी र हस्तकलाबाट निर्मित सामग्री रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति