
चितवन । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत नौ–किलोमा आइतबार राती ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नं. को ट्रक आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको हो ।
सो दुर्घटनामा परी मृत्यु हुनेमा मकवानपुर मकवानपुरगढी गाउँपालिका वडा नम्बर. ६ का ३१ वर्षीय दीपक दाहाल र मकवानपुर मकवानपुरगढी गाउँ पालिका वडा नम्बर ६ बस्ने वर्ष ३८ को श्याम बजगाईँ रहेका आफन्तलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
ट्रकमा सवार दुई जना घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ । मकवानपुर मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष २७ को सुसन बि।क र ट्रकका सहचालक रामेछाप घर बताउने वर्ष २१ को मानबहादुर विक घाइते छन् । मानबहादुरको दाहिने खुट्टा फ्याक्चर भएको र टाउकोमा चोट लागेकाले एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
ट्रक चालक मकवानपुर मकवानपुरगढी गाउँ पालिका वडा नम्बर ६ बस्ने वर्ष २८ को दिनेश पुडासैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु