
काठमाडौँ । नेपाल प्रहरीको हिरासतमा रहेका दुर्गा प्रसाईंले समर्थकलाई सम्बोधन गरेर हिरासतबाटै लामो पत्र देख्नुभएको छ । उहाँले आफ्नो हिरासतको अनुभूतिसहितको पत्र सचिवालयमार्फत आफ्नो फेसबुक वालमा सार्वजनिक गर्नुभएको हो ।
प्रसाईंले लेख्नुभएको छ, ‘हिरासत नजाँदा सम्म सरकारले सत्य बोलेकोमा सजाय स्वरूप उपहार दिन कतिबेला भर्याङ चढेर आउँछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुँदोरहेछ। अन्ततः हिरासतमा आइसकेपछि क्षणिक कौतुहलता मेटिएर जाँदो रहेछ अनि एकाग्र र अनगिन्ती प्रश्नले मन पिरोलिँदो रहेछ।’
उहाँले हिरासत भित्रको अँध्यारो कोठाभित्र आफूले हिजो मात्रै बिपी (बिपी कोइराला) को आत्म वृत्तान्त पढेर सकेको बताउनुभएको छ । ‘मलाई बिपीको आत्म वृत्तान्त खुब मन पर्यो र आत्म वृत्तान्त पढेर सक्दा एकोहोरो उहाँमा असीमित सम्मान जागेर आएको छ’, उहाँले फेसबुक स्टाटसमा लेख्नुभएको छ ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको कम्बोडियाको लगानीबारे आफूले आफ्नो समय र धनको लगानी गरेको प्रमाण ल्याएको दाबी गर्नुभएको छ ।
आफूले सार्वजनिक गरेको प्रमाण १०० प्रतिशत सत्य भएको दाबी गर्दै उहाँले यसबारे छानबिनको माग समेत गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति