+

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीद्वारा राजीनामा

काठमाडौँ । प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले राजीनामा दिनुभएको छ । सचिव अधिकारीले यही १० गते अर्थात् भोली (सोमबार) बाट लागू हुने गरी राजीनामा दिनुभएको हो ।

सङ्घीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार सचिव अधिकारीले स्वास्थ्यमा समस्या देखाउँदै भोलीबाट लागु हुनेगरी राष्ट्रपति कार्यालयमा राजीनामा बुझाउनुभएको हो ।  

अधिकारीलाई सभामुख देवराज घिमिरेले गत असार १७ गते प्रतिनिधिसभा सचिविमा नियुक्त गर्नुएको थियो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट