
काठमाडौँ। वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने जनाएको छ ।
केही समययता अत्यधिक भाडादर लिइएको यात्रुहरूको गुनासो आएपछि एयरलाइन्सले आज प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर ६ गतेदेखि उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने निर्णयबारे जानकारी दिएको छ ।
“‘वाइ’ क्लास भाडा नर्मल इकोनमिक्लासको उच्चतम श्रेणीको भाडादर हो । यात्रुहरूलाई सहज बनाउन २१ नोभेम्बरदेखि सो भाडादरमा टिकट बिक्री नगर्ने निर्णय गरिएको छ”, विज्ञप्तिमा भनिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १० घण्टा बन्द भएको छ । सोही जनगुनासोप्रति आफ्नो ध्यानार्कषण भएको एयरलाइन्सले बताएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा सबै अन्तर्राष्ट्रिय एअरलाइन्स्को सहमतिमा कात्तिक २५ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म सबै ‘ग्रुप टीबीए’ बुकिङ निलम्वन गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री