
काठमाडौँ । रूसले सेनाको बदलामा उत्तर कोरियालाई तेल, एन्टी–एयर मिसाइल र आर्थिक सहयोग प्रदान गरेको छ ।
रूसले उत्तर कोरियालाई युक्रेनविरुद्ध मस्कोको युद्धलाई समर्थन गर्न पठाएको सेनाको बदलामा तेल, एन्टी–एयर मिसाइल का साथै आर्थिक सहयोग प्रदान गरेको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन् ।
अमेरिका र दक्षिण कोरियाले उत्तरकारियाले रूसलाई युक्रेनसँग लड्न दश हजार भन्दा बढी सैनिक पठाएको दाबी गरेका छन् भने विज्ञले किम जोङ उन्नत प्रविधि र बदलामा आफ्नो सेनाका लागि युद्धको अनुभव प्राप्त गर्न उत्सुक रहेको बताएका छन् ।
दक्षिण कोरियाका शीर्ष सुरक्षा सल्लाहकार शिन वोन–सिकले उत्तर कोरियाले सेना तैनातीको बदलामा आर्थिक सहयोगका साथै हवाई रक्षा प्रणालीलाई बलियो बनाउन आवाश्यक उपकरण, एन्टी–एयरक्राफ्ट मिसाइल कोरियामा पठाइएको पुष्टि गर्नु भएको छ ।
पछिल्लो आठ महिनामा एक दर्जन भन्दा बढी उत्तर कोरियाली तेल ट्याङ्करहरूले रुसको बन्दरगाहमा रहेको तेल टर्मिनलमा ४३ पटक यात्रा गरेको स्याटेलाइट तस्बिर साभार गर्दै बीबीसीले जनाएको छ ।
बेलायती विदेश सचिव डेभिड लम्मीलाई उद्धृत गर्दै रिपोर्टले तेल हतियार र मिसायलले मस्को पठाएको सेनाको भुक्तानी लिएको जनाएको छ ।
उत्तर कोरियाली नेता किम र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा क्रेमलिन प्रमुखको भ्रमणको क्रममा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए।
यसले दुवै राज्यलाई अर्कोमाथि आक्रमण भएमा सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धको विरोध गर्न अन्तर्राष्ट्रिय सहयोग गर्न बाटो खोलेको थियो ।
विश्लेषकहरूका अनुसार सैनिकको बदलामा रूसले उत्तर कोरियालाई तेल र ग्यास जस्ता अन्य प्राकृतिक स्रोतमा पनि पहुँच दिन सक्छ ।
उत्तर कोरियाली विदेश मन्त्री चो सोन हुईले हालै मस्कोको भ्रमण गरी आफ्नो देश “विजय दिवससम्म रुसी कमरेडसँग दृढतापूर्वक उभिने बताउनु भएको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति