+

माओवादीको विभाजन शृङ्खला रोकियो, एकता प्रक्रिया शुरु : प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा  माओवादी केन्द्रको  विभाजन शृङ्खला रोकिएर  एकता प्रक्रिया शुरु भएको दाबी गर्नुभएको छ । 

माओवादी अध्यक्ष दाहालले शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमापार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल यस्तो दाबी गर्नुभएको हो । 

‘माओवादी अब मिल्नुको विकल्प छैन’  उहाँले भन्नुभयो – ‘विभाजनको  शृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन ।’ देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ । 

अध्यक्ष दाहालले भन्नुभयो– ‘हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले विस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन् ।’ अहिलेको  निर्वाचन प्रणालीले  राजनीतिक भ्रष्टाचार बढाउने उहाँको भनाइ छ । 

कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रष्ट पार्न अध्यक्ष दाहालले निर्देशन दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै