
काठमाडौँ । नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडबीच सम्झौता भएको हो । दुई कम्पनीबीच भएको सम्झौता अनुसार आईफोनको आधिकारीक बिक्रेता जोय स्टोरबाट एप्पलका सामान खरिद गर्दा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका कर्मचारी तथा ग्राहकले २० प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरुदक्त शर्मा र हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका तर्फबाट उपमहाप्रबन्धक रामचन्द्र रिमालले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार एप्पलका कुनैपनि प्रोडक्ट किन्दा हिमालयन ब्रोकरेजका कर्मचारी तथा यसका ग्राहकले समेत २० प्रतिशतसम्म छुट पाउनेछन् ।
हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका कर्मचारी तथा ग्राहकलाई सरल र सुलभ मूल्यमा एप्पलका उत्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रबन्ध निर्देशक शर्माले जानकारी दिनुभएको छ । ‘उक्त छुटका लागि कर्मचारीले हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडको परिचय पत्र र ग्राहकले हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडको टिएमएन एकाउन्ट वा डिपी एकाउन्ट देखाउनुपर्ने छ,’ उहाँले भन्नुभयो, ‘सोही आधारमा जोय स्टोरले छुटमा एप्पलका कुनैपनि प्रोडक्ट उपलब्ध गराउने छ ।’
आफ्ना कर्मचारी तथा ग्राहकहरुलाई एप्पलका गुणस्तरीय उत्पादन सर्बसुलभ रुपमा प्रयोग गर्न सहजहोस् भन्ने उदेश्यले जोय स्टोरसँग सम्झौता गरिएको हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका उपमहाप्रबन्धक रामचन्द्र रिमालले बताउनुभयो । उहाँले भन्नुभयो ‘ हाम्रा ग्राहक तथा कर्मचारीलाई छुटको व्यवस्था सहित एप्पलका गुणस्तरीय उत्पादन उपलब्ध गराउन आधिकारीक बिक्रेता जोय स्टोरसँग सम्झौता गरेका हौं ।’
जोय स्टोर नेपालमा एप्पलका उत्पादनहरु बिक्री गर्ने आधिकार बिक्रेता हो । यसले काठमाडौँको ताम्राकार कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारीक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ ।
जोय स्टोरले एप्पलका उत्पादनहरु आईफोन, म्याकबुक, एप्पल वाच, एयरपड, हेडफोन र एप्पलका अन्य एसेसोरिजहरु बिक्री गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति