
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज दरबारमार्गमा हुने जागरणसभाका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालेको छ । सत्तारुढ दलकै शक्ति प्रदर्शनका कारण काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन अस्तव्यस्त भएको छ ।
कार्यालय हिडेका वा कामकाजमा हिडेका सर्वसाधारण एमालेको प्रदर्शनका कारण उत्पन्न भएको सवारी जामले हैरान भएका छन् ।
एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
जागरणसभाका लागि केही विभिन्न स्थानबाट शुरुभएका र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछन् । एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट हजारौँ मानिस उपस्थित गराउने तयारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति