+

सहकारी ठगी प्रकरण : काठमाडौँमा छविलाल जोशीको बयान सकियो

काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी गरिएका पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडिआइजी) छविलाल जोशीसँग काठमाडौँ ल्याएर बयान लिइएको छ ।

यही मङ्सिर ४ गते कास्कीबाट काठमाडौँ ल्याइएका जोशीसँग बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता सीताराम अर्यालले जानकारी दिनुभयो । जोशीसँग बयान लिने कार्य सकिएको उहाँले बताउनुभयो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँमा पनि जाहेरी परेपछि बयान लिन ल्याइएको हो । जोशीसँगै उक्त सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

अब लामिछानेलाई पनि बयानका लागि ल्याइने जनाइएको छ । सोही प्रकरणमा अर्का आरोपी कुमार रम्तेललाई बयान लिएर पुनः पोखरा पठाइसकिएको छ । यसअघि रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रुपन्देही लगेर लामिछाने र जोशीलाई बयान लिइसकिएको छ ।

गत आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछाने र पूर्वडिआइजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उक्त सहकारीको रकम अपचलनमा छ सयभन्दा बढी पीडितले जाहेरी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट