
काठमाडौँ । शुक्रबार काठमाडौँमा सत्तारुढ दल एमालेसहित अन्य विभिन्न पक्षले प्रदर्शन गर्ने भएका छन् । सरकारको नेतृत्व गरेको एमालेले दरबारमार्गमा प्रदर्शन गर्दैछ ।
एमाले नेता विष्णु रिजालका अनुसार काठमाडौँका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान शुरु हुने जुलुस दरबारमार्ग पुग्नेछ ।
सोही समयमा सहकारीमा बचत गरेको तर रकम फिर्ता नपाएका सहकारी पीडितहरुको प्रदर्शन पनि रहेको छ । सहकारी पीडितहरुले दुई दिनदेखि जारी राखेको आन्दोलनलाई शुक्रबार पनि निरन्तरता दिने भएका छन् । उनीहरुले माइतीघरमा केन्द्रित भई प्रदर्शन गर्ने कार्यक्रम छ । सहकारी ठगीमा संलग्नहरुमाथि छानबिन र कारवाही हुनुपर्ने र पीडितहरुको बचत फिर्ता हुनुपर्ने उनीहरुको मुख्य माग छ ।
यसैगरी दुर्गा प्रसाई समर्थकहरुले पनि शुक्रबार काठमाडौको कोटेश्वरमा प्रदर्शन गर्ने तयारी गरेको काठमाकौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नाम दिएर प्रसाईंका समर्थकहरुले प्रदर्शन गर्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति