+

बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन

काठमाडौँ । बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको  निधन भएको छ । पूर्व उपप्रधानमन्त्री प्रेस्कटको ८६  वर्षको उमेरमा निधन भएको उहाँको पारिवारिक स्रोतले बिहीबार जनाएको छ ।

प्रेस्कटले जलवायु परिवर्तन सम्बन्धि सन् १९९७ को अन्तर्राष्ट्रिय क्योटो प्रोटोकलमा  बेलायतका लागि वार्ताको नेतृत्व गर्नु भएको थियो । अमेरिकाका पूर्व उपराष्ट्रपति लगायतले उहाँ प्रति श्रद्धाञ्जलि अर्पण गर्दै जलवायु सङ्कट समाधान गर्ने उहाँको प्रतिबद्धता प्रति सदाका लागि आभारी हुने बताउनु भएको छ  । 

बेलायती लेबर पार्टी बाट  प्रधानमन्त्री बनेका कीर स्टारमरले प्रेस्कट श्रम आन्दोलनको अभियान्ताको रुपमा श्रमजीवी जनताको समर्थक र ट्रेड युनियनवादी रहेको बताउनु भएको छ ।

चार दशकसम्म उत्तरी इङ्गल्यान्डको संसद सदस्यको रूपमा सेवा गरेका पूर्व व्यापारी नाविक तथा ट्रेड युनियन कार्यकर्ता प्रेस्कटको  ‘शान्तिपूर्वक’  मृत्यु भएको उहाँकी श्रीमती पाउलिन र छोराहरूले स्पष्ट पार्नु भएको छ ।

प्रेस्कटलाई सन् –२०१९ मा प्यारालाईस भएको थियो भने अल्जाइमरको समस्याका कारण गत जुलाईमा संसदको माथिल्लो सदनको सदस्य पद छोड्नु भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै