
गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर कृषि गर्ने किसानलाई जग्गाको भाडाबापतको रकम तिरिदिने भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले भाडामा लिने जग्गाको ५० प्रतिशत अनुदान दिने निर्णय गरेको हो ।
जग्गाबापतको अनुदान प्राप्त गर्नका लागि किसानले कृषि फर्म दर्ता गरी कम्तीमा पनि १५ रोपनी जग्गा लिएको हुनुपर्ने, भाडामा लिएको जग्गाको कम्तीमा ८० प्रतिशत जग्गामा खेती गरेको हुनुपर्ने, एक वर्षे वा सोभन्दा कम अवधिको बाली लगाउने भए कम्तीमा पाँच वर्ष र बहुर्षीय खेतीका लागि कम्तीमा १५ वर्षका लागि जग्गा लिएको हुनुपर्ने मापदण्ड गाउँपालिको बनाएको प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले बताउनुभयो ।
अनुदान लिन चाहाने किसानले भाडामा अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८० को परिच्छेद २ को दफा ५ बमोजिम व्यक्तिगत निवेदन, जग्गाधनी दर्ता प्रमाणपुर्जा, नागरिकताको प्रतिलिपि तथा भाडा सम्झौताको प्रतिलिपि, फर्म दर्ता र कर चुक्ता प्रमाणपत्रसहित पालिकामा आवेदन दिन सकिने उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पालिकालाई कृषिबाटै आत्मनिर्भर बनाउने उद्देश्यले जग्गाको भाडाबापतको अनुदान दिने निर्णय गरिएको बताउनुभयो । ‘कृषिबाट रोजगारी सिर्जना गर्ने उद्देश्य छ’ अध्यक्ष ज्ञवालीले भन्नुभयो । अहिले रुरुक्षेत्रका कृषिजन्य सामग्री पाल्पामा बिक्री हुदैँ आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति