
पर्सा । सङ्घीय सरकार मातहतका पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ६ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च गरेका छन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ६६ सरकारी कार्यालय तथा पालिकाका लागि पुँजीगततर्फ वार्षिक दुई अर्ब ५८ करोड २७ लाख ८६ हजार ७ सय ५० रुपैयाँ विनियोजन भएकामा चालु आवको कात्तिक मसान्तसम्ममा १५ करोड ६९ लाख ३३ हजार पाँच सय २८ रुपैयाँ खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले सङ्घीय सरकार मातहतका सरकारी कार्यालयले चालु आवको चार महिनामा पुँजीगत खर्च नगन्य मात्रामा गरेका बताउनुभयो । ‘चालु आवको कात्तिक मसान्तसम्मको अवधिमा नयाँ बोलपत्र ‘डकुमेन्ट’ बनाउनेदेखि बोलपत्र आह्वानसम्मका काम हुने भएकाले पुँजीगत खर्च बढ्न नसकेको हो’ उहाँले भन्नुभयो– ‘अब चाडबाड र वर्षायाम पनि सकिएकाले सरकारी कार्यालयको पुँजीगत खर्च बढ्ने अपेक्षा गरेका छौँ ।’
पर्साका सरकारी कार्यालयको वार्षिक चालु खर्चतर्फ दश अर्ब ४६ करोड १४ लाख ७५ हजार चार सय ९९ रुपैयाँ विनियोजन गरिएको छ । चालु आवको चार महिनामा कूल विनियोजित रकमको २८ दशमलव २५ प्रतिशतअर्थात् दुई अर्ब ९५ करोड ५५ लाख ८० हजार दुई सय ३८ रुपैयाँ खर्च भएको छ ।
पर्साका सरकारी कार्यालयले सोही अवधिमा ६५ अर्ब ७३ करोड २९ लाख २५ हजार एक सय १६ रुपैयाँ राजस्व सङ्कलन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति