
काठमाडौँ । नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र सन सेक्युरिटीबीच सम्झौता भएको छ। आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिदबिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।
सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरुदत्त शर्मा र सन सेक्युरिटीका तर्फबाट अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार जोय स्टोरबाट एप्पलका सामान खरिदमा सन सेयक्युरिटीका कर्मचारी तथा ग्राहकहरुले २० प्रतिशतसम्म छुट पाउनेछन् ।
सन सेक्युरिटीका कर्मचारी तथा ग्राहकलाई सरल र सुलभ मूल्यमा एप्पलका उत्पादन उपलब्ध गराउनका लागि यो सम्झौता गरिएको जोय स्टोरका प्रबन्ध निर्देशक शर्माले जानकारी दिनुभयो । ‘छुटका लागि कर्मचारीले सन सेक्युरिटीको परिचय पत्र र ग्राहकले सन सेक्युरिटीको टिएमएन एकाउन्ट वा डिपी एकाउन्ट देखाउनुपर्ने छ,’ उहाँले भन्नुभयो, ‘सोही आधारमा जोय स्टोरले छुटमा एप्पलका सामान उपलब्ध गराउने छ ।’
जोय स्टोर नेपालमा एप्पलका उत्पादनहरु बिक्री गर्ने आधिकारिक बिक्रेता हो । जसले काठमाडौँको ताम्राकार कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारिक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ ।
जोय स्टोरका प्रबन्ध संचालक शर्मा ताम्राकार मोबाइल व्यवसायी संघका अध्यक्ष समेत हुनुहुन्छ ।
जोय स्टोरले एप्पलका उत्पादनहरु आईफोन, म्याकबुक, एप्पल वाच, एयरपड, हेडफोन र अन्य एसेसोरिजहरु बिक्री गर्दै आएको छ । यसका साथै जोय स्टोरले विक्री गर्दै आइरहेको एप्पलका मोबाईलहरुमा २ बर्षको वारेन्टि, १ बर्षको इन्सुरेन्स, म्याकबुकमा २ बर्षको वारेन्टि र एयरपडमा समेत २ बर्षको वारेन्टिको सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति