
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएको छ।
बुधबार माओवादी केन्द्र र एकीकृत समाजवादीको जिल्ला कमिटीबीच पाँच बुँदे सहमतिपछि एकीकृत समाजवादी आफ्नो उम्मेदवारी फिर्ता गरेर माओवादी केन्द्रका नरपुरा बुढालाई समर्थन गर्ने निर्णय गरेको हो।
गाउँपालिका उपाध्यक्ष पदका लागि एकीकृत समाजवादीबाट सुनिता बिएमले मनोनयन दर्ता गर्नुभएको थियो । बुधबार माओवादी केन्द्रको पूर्वी रूकुम संयोजक कुमारी बराल र एकीकृत समाजवादीको इन्चार्ज भीउमान घर्तीले संयुक्त विज्ञप्ति जारी गर्दै सहकार्यको सहमति भएको जानकारी दिँदै निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गर्न आफ्ना मतदाताहरूलाई आह्वान गर्नुभएको छ ।
पुथा उत्तरगंगामा कांग्रेसको चुनाव चिह्न लिएर एमालेकी नेता केशकुमारी तुलाचन उपाध्यक्षमा उम्मेदवार बन्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति