
बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका मंसिर १६ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवारी फिर्ता लिएका छन् ।
माओवादी केन्द्रकी उम्मेदवार राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी उम्मेदवार सुनादेवी थापा भोटे धामीले उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभएको छ ।
गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराए पनि आज अन्तिम समयमा माओवादी केन्द्र र राप्रपाकी उम्मेदवारले फिर्ता लिएका हुन् । विसं २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
रिक्त पदका लागि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी चुनावी प्रतिस्पर्धा हुने भएको छ । यहाँ २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार जोशीले एक हजार आठ सय १० मत ल्याउनुभएको थियो ।
उपनिर्वाचनमा हाल नौ मतदानस्थल र सात हजार चार सय ६० मतदाता रहेका छन् । मनोनयन दर्ता गराएका तीन दलका उम्मेदवारलाई आज नै चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति