
चितवन । पशु सेवा कार्यालयले पूर्वी चितवनका दुई पालिकालाई दूध ‘जोन’का रुपमा घोषणा गरेर कार्यक्रमलाई अघि बढाइएको छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा जोन कार्यक्रम सञ्चालन गरिएको हो । पशु सेवा कार्यालयका सूचना अधिकारी सविना मिश्रका अनुसार खैरहनीका १० वडा र राप्तीका आठ वडालाई समावेश गरेर दूध जोन कार्यक्रम लागू गरिएको हो ।
दैनिक १० लिटर वा सोभन्दा माथि दूध उत्पादन गर्ने निजी फार्म तथा साझेदार संस्थाले अनिर्वाय रुपमा पशु बीमा गरेको हुनुपर्ने गरी कार्यक्रम लागू गरिएको हो । जोन कार्याक्रम लागू हुनका लागि दैनिक ३० हजार लिटर दूध उत्पादन हुने क्षेत्र हुनुपर्ने हुन्छ ।
कार्यक्रम लागू भएका वडाबाट हाल ४६ हजार एक सय तीन लिटर दूध उत्पादन हुँदै आएको छ । जोन कार्यक्रमअन्तर्गत एक किसानले अधिकतम ७५ हजार रुपैयाँ अनुदान पाउनेछन् । जोन कार्यक्रममा ३० जना किसान सहभागी रहेका छन् । गत वर्षसमेत यो कार्यक्रम खैरहनी र राप्ती नगरपालिकामा लागू भएको थियो ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार त्यसअघि भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा दूध जोन कार्यक्रम लागू गरिएको थियो । यस कार्यक्रममा सहभागी हुने कृषकले व्यवसाय दर्ता, दूध उत्पादनको सहकारीमार्फत प्रमाणित गर्नेलगायत प्रक्रिया पूरा गरेपछि गाई खरिदका लागि रु ७५ हजार अनुदान दिइने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘दूध जोन कार्यक्रमले पशुपालन गर्ने कृषकलाई उत्साह थपेको छ ।’ किसानलाई आर्थिकसँगै प्राविधिक सहयोग हुने भएकाले यो कार्यक्रम किसानका लागि उपयोगी भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति