
काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहनुभएका पूर्व डीआइजी छविलाल जोशीलाई काठमाडौँ ल्याइएको छ। जोशीविरूद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उहाँलाई मंगलबार बेलुका काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिनुभयो ।
उहाँलाई हिँजै ल्याएर परिसरको हिरासतमा राखेका छौँ अनुसन्धानको आवश्यक काम आजदेखि शुरू हुन्छ, एसएसपी रजौरेले भन्नुभयो ।
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशीलाई पक्राउ गरिएको थियो । त्यहीबीचमा रूपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि उहाँलाई रूपन्देही पनि लगिएको थियो।
त्यस लगत्तै काठमाडौँ जिल्ला अदालतले काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो। त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति