
काठमाडौँ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिना भन्दा कम समयमा २ सय भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।
यो कहाली लाग्दो घटनाले चिन्ताजनक अवस्था देखा परेको जनाउदै राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफका प्रवक्ता जेम्स एल्डरले बालबालिकाको मृत्यु र हिंसा रोक्न अत्यावश्यक रहेको बताउनु भएको छ ।
उहाँका अनुसार लेबनानमा पछिल्लो दुई महिनामा हरेक दिन औसतमा तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक हजार एक सय बढी बालबालिका घाइते भएका छन् ।
हिज्बुल्लाहले गत वर्षको अक्टोबरमा गाजामा प्यालेस्टिनी उग्रवादी समूह हमासको समर्थनमा इजरायलमा रकेट प्रहार गर्न थालेको थियो ।
गत सेप्टेम्बर देखि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढलाई लक्षित गर्दै व्यापक अभियान सञ्चालन गरेको छ, यद्यपि केही आक्रमणले इरान समर्थित समूहको नियन्त्रण बाहिरका क्षेत्रमा प्रहार गरेका छन् ।
इजरायलमा हिजबुल्लाहको आक्रमणबाट झडप शुरु भएदेखि लेबनानमा ३ हजार ५ सय १ जना भन्दा बढी मानिसको मृत्यु भएको छ ।
गत वर्षको अक्टोबरमा गाजामा युद्ध सुरु भएदेखि लेबनानमा कम्तीमा २ सय ३१ बालबालिकाको मृत्यु भएको एल्डरले बताउनु भएको छ ।
लेबनानमा पनि गाजामा जस्तै डरलाग्दोे बालबालिकाको नरसंहार चलिरहेको बताउदै उहाँले घरबारविहीन भएका लाखौं बालबालिका आधारभूत पूर्वाधार तथा चिकित्सा सुविधा अभावमा रहेको बताउनु भएको छ ।
लेबनानी अधिकारीहरूका अनुसार नोभेम्बर–१५ देखि २०० भन्दा बढी स्वास्थ्य कर्मचारीहरूको मृत्यु भएको छ भने ३।य भन्दा बढी घाइते भएका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति