
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अंकले कमी आएको छ ।
आज नेप्से परिसूचक मंगलबार ५१ दशमलव ११ अंकले घटेर २ हजार ७ सय दुई दशमलव ६५ को विन्दुमा अडिएको छ । यो अघिल्लो कारोबारको तुलनामा एक दशमलव ८५ प्रतिशतले कम हो ।
आज ३ सय १० कम्पनीको दुई करोड २५ लाख ८८ हजार दुई सय ४७ कित्ता शेयर, एक लाख पाँच हजार आठ सय २७ पटक खरिदबिक्री हुँदा १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५ सय २१ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव १७ र जलविद्युत् समूह तीन दशमलव ०७ प्रतिशतले घटेको छ ।
बैंकिङ एक दशमलव ११, विकास बैंक दुई दशमलव २९, वित्त दुई दशमलव ३१, लगानी दुई दशमलव ०८, जीवन बीमा एक दशमलव ९४ र उत्पादन तथा प्रशोधन एक दशमलव ४८ प्रतिशतले घटेको छ ।
लघुवित्त समूह एक दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव १५, निर्जीवन बीमा एक दशमलव ६९, व्यापार दुई दशमलव २१ र अन्य समूह एक दशमलव ५८ प्रतिशतले घटेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा ङादी ग्रुप पावर लिमिटेडको नौ दशमलव २५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेडको सबैभन्दा उच्च देखिएको छ । आज यो कम्पनीको ४६ करोड ६८ लाख ९९ हजार ८ सय ५ रुपैयाँ बराबरको आठ लाख ८८ हजार तीन सय १९ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति